गृहपृष्ठ » कृषि, देवदह विशेषदेवदहमा करेसाबारी महोत्सव सम्पन्न

देवदहमा करेसाबारी महोत्सव सम्पन्न

September 18, 2021२७६ पटक

रुपन्देही / २ आश्विन – सोइया महिला स्वाबलम्बी संस्था देवदह रुपन्देहिले प्रथम चरणको करेसाबारी महोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीबाट प्रभावीत विपन्न तथा सिमान्तकृत समुदायका महिलाले अर्गानिक करेसाबारीबाट उत्पादित तरकारीले पोषणयुक्त खानाको सुनिश्चितता गर्ने उदेश्यले भाद्र २९ देखि अश्विन १ गते सम्म महोत्सव सञ्चालन गरिएको थियो ।

महोत्सवमा देवदह नगरपालीका वडा न. १, ३ ,४, ८ र १० का महिलाहरुले आफुले करेसाबारी कार्यक्रम अन्तर्गत सिकेका भोगाई र अनुभव साटासाट गरेका थिए ।
महोत्सवमा ६२५ जना महिलाहरुलाई कृषि औजार, तरकारी रोप्ने आधुनिक झोलाहरु सोइया महिला स्वाबलम्बी संस्था देवदह रुपन्देहिका अध्यक्ष मिरा भुजेल उपस्थिीतिमा सम्बन्धित वडाध्यक्षहरुले वितरण गर्नुभएको थियो ।

कोभिड १९ ले अस्तव्यस्त बनायको आर्थिक स्थितिमा सोइया महिला स्वाबलम्बी संस्था ले संचालन गरेको करेसाबारी कार्यक्रम बिपन्नवर्गका आम जनताको घाउ को मलम बनेको देवदह नगरपालिका वडा न ४ का अधक्ष्य दीपक चापागाईं ले उज्यालो लाल्टिन संग बताउनु भयो।


करेसावारी कार्यक्रम अन्तरर्गत यस अघि देवदहका महिलाहरुलाई अर्गानीक खेति तर्फ आकर्षित गर्न मल , विउ विजन, कृषि तालीम, कृषि औजार र सिचाईको उचित प्रवन्ध मिलाई सामुहिक खेती गरि महिलाहरुलाई शसक्त र आत्मनिर्भर बनाउनका संस्था लागी परेको सोइया महिला स्वावलम्बी संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले बताउनु भयो ।


School Life in Nepal,CIVIL SOCIETY FUND (CISU) र NOVO डेनमार्कको आर्थिक सहयोगमा सञ्चालित करेसाबारी कार्यक्रममा देवदहका बाकी वडाहरुमा पनि करेसावारी महोत्सव गरी उत्कृष्ट महिला कृषकहरुलाई पुरस्कृत गरीने र सोइया महिला स्वावलम्बी संस्था सदैव कमजोरहरुको साथमा रहने संस्थाका अध्यक्ष मिरा भुजेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण