गृहपृष्ठ » बिचार/ब्लग, समाचारहरु, साहित्यराजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ सार्वजनिक

राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ सार्वजनिक

September 30, 2021९२ पटक

१४ असोज । लेखक राजु अधिकारीको पहिलो उपन्यास ‘राज्याभिषेक’ सार्वजनिक भएको छ । पुस्तकको विमोचन लेखक अधिकारीले चीन र कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले अनलाइनमार्फत गरेका छन् ।

उपन्यासमा पशुपन्छी अधिकार र मानवतासँग सम्बन्धित पर्यावरणीय विषय समेटिएको छ । यसमा पृथ्वीलाई मानव र पशुपन्छीको साझा वासस्थान हो भन्ने चेतनालाई औपन्यासिक कलामा अगाडि सारिएको लेखक अधिकारीले बताएका छन् ।

‘राज्याभिषेक’ लेखक अधिकारीको दोस्रोे कृति हो । पुस्तकलाई वी रिड प्रकाशनले प्रकाशित गरेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण