गृहपृष्ठ » आफ्नै खबर, देवदह विशेष, देवदह-रत्न, शिक्षा, समाचारहरु, समाज, हाम्रा कार्यक्रमहरु“उज्यालो सोचका युवा” पुरस्कार चाहना नेपालीलाई

“उज्यालो सोचका युवा” पुरस्कार चाहना नेपालीलाई

October 2, 2021२१३ पटक
पुरस्कृत युवा : चाहना नेपाली, देवदह- १०, रुपन्देही

देवदह,१५ असोज

उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहीले देवदह-१० की १८ बर्षीय युवती चाहना नेपाली लाइ “उज्यालो सोचका युवा” पुरस्कारबाट पुरस्कृत गरेको छ । संस्थाको पाचौ स्थापना दिवसको अवसरमा यसै वर्षबाट “उज्यालो सोचका युवा” नामक पुरस्कार देवदह क्षेत्र भित्रका एक जेहेन्दार र सामाजिक रुपान्तरणमा चिन्तन राख्ने क्रियाशील युवालाई प्रदान गरिने सस्थाका अधक्ष्य सागर कंडेल ले बताउनु भयो ।

जनप्रिय मा. बि . भलुही रुपन्देही बाट कक्षा १२ को परिक्षा दिएकी चाहना नेपाली घरकि एक्ली छोरी, सानै उमेर बाट घरको अभिभाबकत्व कुशल रुपमा निर्बाह गर्दै सामाजिक रुपान्तरणका लागि उज्यालो लाल्टिन प्रतिष्ठान एवं अन्य संघसस्थाहरु बाट आयोजित विभिन्न गतिविधिहरुमा स्वयमसेवक को रुपमा जोडिएकि युवा हुन् । समाज को रुपान्तरण को लागि आगामी दिनहरुमा पनि चाहनाको सक्रिय सहभागिता एवं  नेतृत्व को अपेक्षा सहित उज्यालो लाल्टिन प्रतिष्ठान का सदस्यहरु को उपस्थितिमा नगद रु ५०००/- प्रोत्साहन पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक युबराज चापागाईंले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण