गृहपृष्ठ » भिडियो, मनोरञ्जनगायक लामाको सेलो ‘जेबा जेबा’ सार्वजनिक (भिडियोसहित)

गायक लामाको सेलो ‘जेबा जेबा’ सार्वजनिक (भिडियोसहित)

February 5, 2019१६१ पटक

काठमाडौं । गायक तथा संगीतकार प्रदिप लामाको सेलो गीत ‘जेबा जेबा’ सार्वजनिक भएको छ । उनको सेलो ‘जेबा जेबा’ भिडियोसहित सार्वजनिक भएको हो । नेपाली सांगीतिक क्षेत्रमा राम्रो आशा बोकेका गायक तथा संगीतकार प्रदिप लामाको पछिल्ला गीत हेर्ने हो भने नेपाली गीत त छंदैछ ।

उनले हिन्दी गीतहरु पनि मिठो गाएर युट्युवमा राखेका छन् । हिन्दी गीत र नेपाली गीतहरु हेर्न उनको लामा युट्युव सर्च गर्नु पर्ने हुन्छ । गायन र संगीतलाई अगाडी बढाउँदै अहिले भने तामाङ सेलो गीत प्रेमीहरुका लागी गायक लामाले ‘जेबा जेबा’ तामाङ सेलो गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक स्वयम् लामा, कृष्ण लामा, जुना आले मगर, अन्जली मगर तथा साथीहरुको दमदार अभिनय रहेको छ । उक्त गीतलाई मेलोडी नेपालले पोस्ट प्रोडक्सन गरेको छ ।

https://www.youtube.com/watch?v=QsOrThMyOFo

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण