गृहपृष्ठ » मनोरञ्जनरेश मरहठ्ठा `एशिया युथ आइकन अफ दि ईयर`बाट सम्मानित

रेश मरहठ्ठा `एशिया युथ आइकन अफ दि ईयर`बाट सम्मानित

September 10, 2015२६२ पटक
फिल्म निर्माता तथा अभिनेता रेश मरहठ्ठा ‘एशिया युथ आइकन अफ दि ईयर’बाट सम्मानित भएका छन् । सोमबार सिंगापुरमा एक समारोहका बिच रेश सम्मानित भएका हुन् ।
युवाहरुलाई प्रोत्साहित गर्ने बिभिन्न कार्यमा लागेको भन्दै इन्डोनेशियाको मेदान राज्यका राजाले रेशलाई सम्मान स्वरूप ‘एशिया युथ आइकन अफ दि ईयर’ अवार्ड दिए । सिंगापुरको अर्किड कन्ट्री क्लबले आयोजना गरेको उक्त समारोहमा रेश एशियाका नेपाल, भारत, सिंगापुर, थाईल्याण्ड, इन्डोनेशिया, हङकङ, जापान जस्ता देशबाट छानिएका हुन् ।
सम्मानित भएपछि रेशले जन्मेको धर्ती नेपाल र कर्मभूमी अमेरिकालाई सम्झेका थिए । इन्डोनेशियाको मेदान राज्यका राजाले आफ्नो देश भ्रमण गर्न बिशेष निम्ता गरेको सम्मानित रेशले बताए ।
‘चाहन्छु म तिमीलाई’ फिल्मबाट अभिनय यात्रा शुरू गरेका रेशले सम्मानित हुनु पूर्व थाईल्यान्डका केहि युनिभर्सिटीमा युवाहरुलाई प्रोत्साहन दिने मन्तव्य व्यक्त गरेका थिए ।
अभिनेतासँगै निर्मातासमेत रहेका रेशले अमेरिकाको वेभर स्टेट युनिभर्सिटीबाट ग्राजुएसन गरेका छन् । उनी लामो समय अमेरिका बसेर पुन: फिल्मका काम गर्न नेपाल फर्केका हुन् । हाल उनको महत्वाकांक्षी फिल्म ‘च्यालेञ्ज’ रिलिजको तयारीमा छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण