गृहपृष्ठ » खेलकुददेवदहमा म्याराथन प्रतियोगिता सम्पन्न,शंकरनगरका पाण्डेले जिते उपाधी

देवदहमा म्याराथन प्रतियोगिता सम्पन्न,शंकरनगरका पाण्डेले जिते उपाधी

February 9, 2019२६८ पटक

सुरज भट्टराई, देवदह । रुपन्देही जिल्लाको देवदहमा देवदह म्याराथन २०७५ सम्पन्न भएको छ । लियो क्लब अफ लर्ड बुद्धको आयोजना र स्टडी वोल्ड एजुकेस्नल कन्सलटेन्सीको सह-आयोजनमा उक्त म्याराथन सम्पन्न भएको हो । सो म्याराथनमा १४.५ किलोमिटर दुरि ४९ मिनट ५१ सेकेन्डमा पूरा गर्दै शंखनगरका अभिषेक पाण्डे पहिलो भएका हुन् । प्रतियोगितामा २ सय ७ जनाले सहभागीता जनाएका थिए ।

५० मिनट २३ सेकेन्डमा दुरि पूरा गरेका अस्नैयाका सन्तोष नापित दोश्रो स्थान हासिल गरे भने ५३ मिनट १३ सेकेन्डमा पूरा गर्दै काठमाडौंका प्रबिन कुमार बोहोरा तेश्रो भएका हुन् ।त्यसैगरी महिला तर्फ प्रथम भएकी मिना ज्ञवालीले १ घन्टा १९ मिनट २० सेकेन्डमा दुरि पूरा गरेकी हुन् । १ घन्टा ३२ मिनट ०७ सेकेन्डमा पूरा गर्दै रबिना राना दोश्रो र सपना आले ले १ घन्टा ३३ मिनट २० सेकेन्डमा दुरि पूरा गरी तेश्रो भइन ।

कार्यक्रममा स्टडी वोल्ड एजुकेस्नल कन्सलटेन्सीका देव कुमार , राजिब सापकोटा , गुमान सिंह केसि , दिपक चापागाईं, निस्मा भट्टराई लगाएतले बोलेका थिए । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको प्रदेश सभा सदस्य माननीय डा. कृष्ण न्यौपानेले कार्यक्रममा बोल्दै लियो क्लब अफ लर्ड बुद्धले देवदहलाई चिनाउने गरि देवदह म्याराथन २०७५को आयोजना गरि देवदह महामानब गौतम बुद्धको जीवन संग सम्बन्धित देवदहका पर्यटकिय स्थलको विकाशमा ईट्टा थप्ने काम गरेको र देवदहको खेल्कुदमा महत्त्वपूर्ण योगदान गरेकोमा क्लब लाई धन्यवाद दिनु भएको थियो ।

म्याराथनमा बिजेताहरुले प्रथम ,दोश्रो र तेश्रो हुने महिला तथा पुरुष तर्फ दुबैले नगद रु १५ हजार ,मेडल र प्रमाणपत्र ,१० हजार ,मेडल र प्रमाणपत्र र ५ हजार सहित मेडल र प्रमाणपत् क्रमशः पाएका थिए । खैरेनी बुद्ध पार्कबाट सुरु भएको उक्त म्याराथन देवदह नगरपालिकाको भवन हुँदै , सिगाहा , भवानिपुर (बुद्धको मावली घर ) ,पाकडी ,शान्तिनगर, मायादेवी पार्क ,बन चौकी हुँदै पुन: बुद्ध चोक आएर टुङ्गिएको थियो । क्लबका अध्यक्ष लियो गोपाल पाण्डेयको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय डा. कृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लियो कमल ज्ञवालीले स्वागत गरेका थिए । कार्यक्रमको संचालन भने लियो दिपेश बिक्रम मल्लले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण