गृहपृष्ठ » अार्थिक, कृषिसीप परियोजनाको प्रगती समीक्षा तथा रणनिती तर्जुमा गोष्ठी सम्पन्न ।

सीप परियोजनाको प्रगती समीक्षा तथा रणनिती तर्जुमा गोष्ठी सम्पन्न ।

October 5, 2021७८ पटक

बुटवल,१८ असोज सीप परियोजनाको प्रगती समीक्षा तथा रणनिती तर्जुमा गोष्ठि सानाकिसान विकास लघुवित्त वित्तिय संस्थाको आयोजना तथा सिप परियोजना र UK AID को सहकार्यमा बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा सीप परियोजना संचालन भएदेखि हालसम्म भएको प्रगती बिबरण परियोजनाका फिल्ड संयोजक महेन्द्र क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो । परियोजनाले आगामी दिनमा बैदेशिक रोजगारबाट फर्केका र बैदेशिक रोजगारमा जान चाहने साना किसानका एकाघर परिवारलाई लक्षित गरि निकट भबिष्यमा सञ्चालन गर्ने विभिन्न सिपमुलक तालिमको र आगामी कार्ययोजनाको बारेमा सीप परियोजनाका संयोजक कृष्णले अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि साना किसान अभियन्ता सुकदेव न्यौपानेले सीप परियोजनाबाट बुटवल इलाका अन्तर्गतका ३३ वटा साना किसान कृषि सहकारी संस्थाहरुले फाईदा उठाई बैदेशिक रोजगारबाट फर्केकाहरुलाई बढी मात्रामा समेट्नु पर्ने बताउनुभएको थियो ।

कार्यक्रमका सभापती एबम साना किसान विकास लघुबित्त बित्तिय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडाले सरकारले सहकारी संस्थालाई हेर्ने दृष्टि र दृष्टिकोण फरक भएको र सहकारीहरुको समस्या बुझेर समाधान गर्न सरकार तल्लिन हुनुपर्ने बताउनु भयो । सरकारले तीन खम्बे आर्थिक नितिमा सहकारी भएको र त्यसको कार्यन्वनको कमि भएको बताउनु भएको । उहाँले अब साना किसान कृषि सहकारीहरु एकीकरण भएर जानुको बिकल्प समेत नभएको बताउनुभयो । कार्यक्रममा साना किसान विकास लघुबित्त बित्तिय संस्था इलाका कार्यालय बुटवलका प्रबन्धक गणेश भट्टराईको स्वागत र अधिकृत राजेश भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण