गृहपृष्ठ » भिडियो, मनोरञ्जनगायक सौगात आचार्य’ले पुराना तथा नयाँ कालजयी गीतहरुलाई फरक शैलीमा गाएर कभर भिडियो बजारमा ल्याए |

गायक सौगात आचार्य’ले पुराना तथा नयाँ कालजयी गीतहरुलाई फरक शैलीमा गाएर कभर भिडियो बजारमा ल्याए |

March 8, 2019५० पटक

चिरञ्जीवी भण्डारी, काठमाण्डौ । बिगत केहि समय देखि सुगम सांगीतिक क्षेत्रमा निरन्तर शंघर्ष गर्दै आएका बहु प्रतिभाका धनि गायक सौगात आचार्यले पुराना तथा नयाँ कालजयी गीतहरुको कभर गरी आफ्नो आवाजमा पृथक शैलीमा गाएर म्युजिक भिडियो सार्वजनिक गरेका छन् |

उकाली चढ़ौला रेशम फिरिरी,कुशुमे रुमाल,सुन्तला पाकेर , सुन मेरी निरमाया,लगायत अन्य गीतहरुको कभर गीत गाएर उनले बजारमा ल्याएपछि गायक सौगात आचार्यको अहिले चर्चा चुलिंदो छ | उक्त नयाँ तथा पुराना गीतहरुलाई संगीत संयोजन पुस्कर सुनुवारले गर्नु भएको छ भने, भिडियोलाई केशब बिस्वकर्माले छायांकन गर्नु भएको हो |

भिडियोमा भिडियो सम्पादन मोहन सुनुवार (नबिन)ले गरेका छन् | गायक आचार्यले केहि समय पहिला आफ्नो दोस्रो सांगीतिक कोशेलीको रुपमा (रगत हाम्रो रातो नै थियो फरक थिएन )गीत मार्फत दर्शक स्रोता माझ चिरपरीचित भईसकेका थिए । (रगत हाम्रो रातो नै थियो फरक थिएन ,मायाँ त हामि दुबैले गर्थ्यौं जातले दिएन) गायक आचार्यले बडा मार्मिक गीत बाजारमा ल्याएका थिए |

हुन त गायक सौगात पछिल्ला दिनहरुमा नेपालमा हुने विभिन्न सांगीतिक मेला महोत्सव हरुमा चर्चित गायकहरु नारायण गोपाल, उदित नारायण,राजेश पायल राई, शिब परियार,प्रमोद खरेल,जस्ता गायक हरुका गीत गाएर दर्शक दर्शक स्रोताहरुको वाहवाह बटुली गायकको छबि बनाइ सकेका गायक हुन् । र अहिले त्यसै अनुरुप नयाँ तथा पुराना गीतहरुलाई कभर मार्फत दर्शक स्रोता माझ आएका छन |

गायक सौगात गीत गाउनुको अलावा बाँसुरी पनि एकदम राम्रो बजाउँछन् । गायक सौगात भन्छन < गायक भएपछि कुनै न कुनै बाद्य बादक बजाउन जानेको हुनै पर्छ । तनहु बन्दिपुरमा जन्मिएका गायक सौगात फेरी भन्छन < म सानै देखि गित सुन्ने गाउने अनि बासुरी पनि राम्रो बजाउने गर्थे इस्कुलको हरेक प्रोग्राममा पनि गित गाउने । सानै देखि गित संगीत गुनगुनाउदै हिड्ने पुराना गीत देखि लिएर नयाँ आधुनिक पप सबै टाइपको गीत गाउने गर्थे,धेरै पछिको संघर्ष पछि अब आफ्नै गीत गाएर आफ्नै गीत बाट कुशल गायक भई स्थापित हुनु पर्छ,भन्ने मान्यता राख्छन |
गायक आचार्यले गाएको गीतको भिडियोलाई Ps Cover Studio युट्युब च्यानलमा हेर्न सकिन्छ |

गायक आचार्य भन्छन < आफ्नो गीत संगीतमा अरुको भन्दा फरक बेग्लै स्वाद लिएर गीत सङ्गीतको दुनियामा आफुलाइ चिनाउन चाहान्छु । अबको जिन्दगि गीत र संगीतलाई समर्पण गरेको छु । मैले यो मेरो पहिलो गीत बाट अझ संकल्पका साथ् आगाडी बढ्ने हौशला मलाइ दर्शक स्रोताले दिनु भएकोमा म नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताहरु लगायत मलाइ यस क्षेत्रमा अगाडी बढ्न सहयोग गर्ने चर्चित गायक/संगीतकार पुस्कर सुनुवार ,गायक/ संगीतकार चिरन्जीवी भण्डारी, छायाँकार केशब बिस्वकर्मा गायक प्रदिप लामा दादा लाइ पनि धन्यबाद दिन चाहान्छु ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण