गृहपृष्ठ » भिडियो, मनोरञ्जनगायिका निशा कंडेल’को हिन्दि म्यासप कभर गीत मोह : हिन्दि कभर गीत गाए पछि गायिका निशा’को चर्चा चुलिंदो |

गायिका निशा कंडेल’को हिन्दि म्यासप कभर गीत मोह : हिन्दि कभर गीत गाए पछि गायिका निशा’को चर्चा चुलिंदो |

March 25, 2019६० पटक
नेपाली गीत संगीतमा राम्रो आशा बोकेकी गायिका हुन् निशा कंडेल, केहि समय बाट अस्ट्रेलियामा बसोबास गर्दै आएकी निशा नेपाली गीत संगीतलाई माया गरेर बेलाबेला’मा नेपाली गीतको भिडियो सांगीतिक बजारमा ल्याउने गर्छिन | केहि समय अगाडी, उनले नेपाली सांगीतिक बजारमा संधैलाई ,र नेपाली छोरी, गीत गाएर बजारमा ल्याईन,उक्त दुईवटै गीतको भिडियो बजारमा आए लगत्तै उनको चर्चा सांगीतिक बजारमा व्हात्तै बढ्यो |

अहिले उनले हिन्दि चर्चित नयाँ तथा पुरानो गीतहरुको म्यासप कभर गीतको भिडियो बजारमा ल्याए लगत्तै उनको नेपालमा मात्र नभई इन्डियामा पनि उनको चर्चा भईरहेको छ | उनको हिन्दि कभर म्यासप गीत’को भिडियोलाई इन्डियाको चर्चित पेजहरुले पनि शेयर गरेका छन | गायिका निशा’को गायकीको प्रतिभा देखेर उनलाई बलिबुड हिन्दि गीतहरुमा पनि उनलाई आशाबादी गायिकाको रुपमा लीएको छ |
उनले हिन्दि चर्चीत गीतहरु (तुम हि हो) (एक प्यार’का नगमा), (दिल दियाँ गल्लां) (तुझ्से नाराज नही जिन्दगी),(सम्झावां) जस्ता गीतहरु गाएर सांगीतिक बजारमा ल्याएकी हुन् |


उक्त गीतमा संगीत संयोजन /निर्देशन, राहुल प्रधान
छायांकन,चक्र महर्जन, भिडियो सम्पादन बिजेश पौडेल’को रहेको छ |
गायिका निशा’का अरु हिन्दि गीतका कभर भिडियो हरुपनि युट्युबमा हेर्न सकिन्छ |,हिन्दि गीतका अलावा उनको ४ वटा नेपाली गीतहरुको रेकोर्डिंग कार्य सम्पन्न भईसकेको छ | केहि समयमा नेपाली गीतको अफिशियल भिडियो बाजारमा आउने गायिका निशा कंडेलले जानकारी दीईन |

नेपालमा हुँदा पनि उनि स्कुल प्रोग्राम, मेला महोत्सब, कन्सर्टमा उनको सांगीतिक प्रस्तुतिका लागी बाक्लो उपस्थिति हुने गर्दथ्यो भने,अहिले अस्ट्रेलियामा हुने सांगीतिक प्रोग्राममा पनि उनको उपस्थितिमा त्यहाँका संगीत प्रेमीहरुलाई उनले आफ्नो प्रस्तुतिमा नेपाली हिन्दि गीतहरु गाई उनीहरुलाई मन्त्र मुग्ध गराउँदै आएकी छिन |

गायिका निशा कंडेल केहि समयका लागी नेपाल आएका बेला तयार पारिएको यो ईन्टरभ्यु तपाइहरु माझ जस्ताको तस्तै | गायिका निशा कंडेललाई सन्ध्या टिभी’को तर्फ बाट सांगीतिक उज्वल भविष्य’को हार्दिक शुभकामना |News chiranjivi bhandari |

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण