गृहपृष्ठ » साहित्यकविता – “चुलबुले साने”

कविता – “चुलबुले साने”

April 5, 2019७७ पटक

–  रिता काफ्ले                

मेरी आमाको माया त मैले त्यहाँ भेटेको हुन्छु
जब म चुलबुले बानिले
उफ्रिदै गर्दा, लडिहाले भने
मुस्कुराउदै भन्छिन्,
मेरो राजा उठ्यो , उठयो मेरो राजा ।।
मेरो हरेक गल्तिहरुमा सुल्झाउदै हकार्ने
त्यो शब्द ‘कुलङगार’,
जुन शब्द म माथि प्रहार गरि
आफनो रिस मारिसकेपछि
फेरि सुम्सुमाउदै भन्छिन
तिमी त ज्ञानि मान्छे
कुलङगार जस्तो बन्नु हुदैन साने
त्यहि भेट्ने गर्छु
आमाको निस्वार्थ माया,।।

मेरो विश्वासको खम्बा अनि सुख को छहारी उनि
मेरो सङघर्षमा उर्जा थपिदिन्छिन
अनि अभावलाई त अवसर हो भन्छिन
अव्वल काम गर्नुपर्छ तिमी, अगाडि बढनुपर्छ
यसरी हैसला दिने,
त्यो आत्मीयता र साथले पनि
म असफल भए भने
फेरी मुस्कुराउदै भन्छिन,
संसारको प्रत्येक सफलता तिम्रो
कहाँ हो र? साने, तिम्रो पर्खाइमा त
हेरन, त्यो जुन तडपिरहेको छ
तिमीले त्यसलाई भेटनुपर्छ
सफलताको तिर्सना मेटनुपर्छ
हो ,यतै निर आभास हुन्छ
उनिले म प्रतिराखेको आशा ।।

मैले अनयौलमै प्रश्न गरे,
आमा ,कसरी छुने त्यो जुन?
यदि मैले जान सकेन भने
अनि त्यो मलाई भेटन आएन भने–
आमाले काखमा च्यापेर भनिन्
धत,त्यसो त होईन नि साने
“तिमीले नाम कमाउनुपर्छ
तिमीले देश चलाउनुपर्छ
अनि चन्द्र र सूर्य सँगै लिइ
नेपालको झण्डा फर फराउनुपर्छ” ।।।
अनि चन्द्र र सूर्य सँगै लिइ
नेपालको झण्डा फर फराउनुपछ ।।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण