गृहपृष्ठ » मनोरञ्जनअवार्ड हुँदा चर्चा, अरु बेला कता ऋचा ?

अवार्ड हुँदा चर्चा, अरु बेला कता ऋचा ?

September 10, 2015२५२ पटक

फिल्म बजारमा अभिनेता र अभिनेत्रीको चर्चा खुबै हुन्छ । तर, कोही कलाकारको चर्चा भने सधै हुदैन । कुनै विशेष समयमा चर्चा पाउने कलाकारले अरु बेला मिडियामा खासै स्थान पाएको देखिदैन ।

अभिनेत्री ऋचा शर्माको पनि चर्चा यस्तै खालको छ । जतिबेला नेपालका केही चलेका अवार्डको आयोजना हुन्छ, ऋचा एकाएक चर्चामा आउछिन् । तर, जब अवार्ड सकिन्छ, ऋचा पनि गुपचुप हुन्छिन् । केही समय अगाडि आयोजित राष्ट्रिय चलचित्र पुरस्कारमा ऋचाले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउँदा हंगामा नै भयो ।

 

गतबर्ष हङकङमा आयोजना भएको अवार्डमा पनि ऋचाले अवार्ड नपाउँदा खुबै चर्चा पाएकी थिइन् । ऋचा शर्माको हातमा खासै फिल्म छैनन् । बर्षमा एउटा फिल्मसम्म उनको हातमा परेको देखिन्छ ।ऋचा आफूले कथावस्तु र भूमिका राम्रो भएको फिल्म मात्र खेल्ने बताउछिन् । सायद, यसैले पनि होला ऋचा बर्षभरि फिल्मको काम भन्दा पनि अन्य कुराले चर्चामा आउछिन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण