गृहपृष्ठ » मुख्य समाचार, राजनीतिथरुहटका कैलाली संयोजक पक्राउ

थरुहटका कैलाली संयोजक पक्राउ

September 10, 2015१३८ पटक

भाद्र २४ गते ।।
थरुहट थारुवान संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । टीकापुर घटनाबारे अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँले जानकारी दिनुभयो । यसअघि प्रहरीले फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुलाई पक्राउ गरेको थियो । भैरहवाबाट पक्राउ गरेका उनलाई मध्यराति १२ बजे कैलाली पुर्‍याइएको थियो । टीकापुर घटनाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जना पक्राउ परेको प्रजिअ चापागाइँले बताउनुभयो । ती मध्य १६ जनालाई म्याद थप गरेर हिरासतमा राखिएको छ भने ४ जनालाई अदालतमा उपस्थित गराउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण