गृहपृष्ठ » मुख्य समाचार, शिक्षाएसएलसी मौका परिक्षाको पुस्तिका अलपत्र

एसएलसी मौका परिक्षाको पुस्तिका अलपत्र

September 10, 2015२६२ पटक

शिक्षकहरुको आन्दोलनका कारण एसएलसी पूरक परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम प्रभावित भएको छ । केही जिल्लाका शिक्षकहरुले अहिलेसम्म उत्तरपुस्तिका नजाँच्दा नतिजा आउन ढिलाइ हुने भएको छ ।
आफूहरुसँग विगतमा भएका सहमति कार्यान्वयन नगरिएको विरोधमा देशभरका शिक्षकहरु यतिबेला आन्दोलनमा छन् । उनीहरुले सरकारलाई असहयोग गर्ने उद्देश्यले उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय गरेको जनाएकाछन् ।
काठमाडौं र ललितपुरका आन्दोलनरत शिक्षकहरुले अझै उत्तरपुस्तिका जाँचेका छैनन् । लामो समयसम्म जिल्ला शिक्षा कार्यालयमै थन्किएका उत्तरपुस्तिकाहरुलाई हाल सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा राखिएको छ ।
काठमाडौं र ललितपुरका शिक्षकहरुले कापी नजाँचेकै कारण एसएलसी पुरक परीक्षाको नतिजा प्रकाशनमा केही ढिलाइ हुने भएको छ । तर, नतिजा प्रकाशन भदौ महिनाभन्दा पर नजाने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
गत साउन २० गतेदेखि २७ गतेसम्म एसएलसी पुरक परीक्षा भएको थियो । दुई विषयमा अनुत्तिर्ण भएका १ लाख २० हजार ५४८ जनाले पुरक परीक्षा दिएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण