गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनयाँ संविधान दक्षिण एसियाकै उत्कृष्ट

नयाँ संविधान दक्षिण एसियाकै उत्कृष्ट

September 10, 2015१४४ पटक
काठमाडौं–नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान दक्षिण एसियाली मुलुकमा उदाहरणीय बन्ने दाबी गरेका छन्।
बिहीबार बसेको संविधानसभा बैठकमा संविधानको परिमार्जित विधेयकमाथिको दफावार छलफलमा भाग दिँदै उपसभापति पौडेलले कुनै पनि जनता बहिष्करणमा नपारोस भन्नेतर्फ सचेत हुँदै महिला, दलित, आदिवासीका लागि संविधान उचित व्यवस्था गरिएको बताए। उनले अहिले पनि केही नमिलेका कुरा भए वार्ता र छलफलबाट मिलाउन सकिने भन्दै जुन वर्ग वा समुदायलाई संरक्षण गर्नुपर्ने हो ठाउँ हेरेर विशेष सुविधा दिन सकिने बताए। जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तय गर्न सकिने भन्दै पहाड र मधेसलाई जनसंख्याका आधारमा गर्नुपर्ने बताए।

चार जनाले मात्र बनाएको संधिवान नभइ धेरै जनताको सहभागीता रहेको बताए। ‘संविधान निर्माणको क्रममा जनताको जनमत बुझेका छौं । धेरै छलफल गरेका छौं,’ उनले भने,’ यति धेरै प्रजातान्त्रिक प्रत्रिलयाबाट बनेको संविधानलाई चारजनाले बनाए भन्नु अन्याय हुन्छ ।’ उनले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरिसकेको उल्लेख गर्दै पटक पटक वार्ताको लागि अह्वान गर्दासमेत वार्ताको लागि तयार नहुनु चिन्ताको विषय भएको बताए।

छलफलमा भाग लिँदै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आन्दोलनरत पक्षलाई जनताले दिएको मतलाई सम्मान गरेर वार्तामा आउन आग्रह गरे। उनले मुलुककोे एकता र अखण्डतालाई चुनौति दिनेगरी हाम्रो अधिकार प्राप्त नभए देश टुक्रिन्छ भन्ने अधिकार कसैलाई नभएको बताए। ‘यो प्रक्रियालाई कसैले चुनौति दिन सक्दैन,’ उनले भने,’यो रोकिन सक्दैन । भोलीदेखि यसलाई पारित गरेर समृद्ध नेपालको बाटोमा आग्रसर होउँ ।’nagarik

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण