वर्षाले अबरुद्ध भएका सेमीफाइनल खेल आजदेखि सुरु हुने
भदौ २५ गते ।।
वर्षको अन्तिम ‘ग्रान्ड स्लाम’ युएस ओपन टेनिसअन्तर्गत महिला एकलतर्फका वर्षाले अबरुद्ध भएका सेमीफाइनल खेल आजदेखि सुरु हुने भएका छन् । न्यूयोर्कको फल्सीङ मिडोजमा जारी प्रतियोगितामा महिला एकलका सेमीफाइनल खेलहरु हिजो हुने तालिका थियो तर भारी वर्षा हुने प्रक्षेपण गरिएपछि खेल आजका लागि सारिएको हो ।
आज साँझ हुने खेलमा अमेरिकाकी सेरेना विलियम्स र ईटालीकी रोबर्टा भिन्ची तथा रोमानियाकी सिमोना हालेप र ईटालीकी पेनेटा भिड्नेछन् । अमेरिकाकी विलियम्स यो वर्षका सबै चार ग्रान्ड स्लाम जित्ने अभियानमा छिन् ।
यसैगरी युएस ओपन टेनिसको पुरुष एकलतर्फका सेमिफाइनल खेलहरु पनि आजै हुनेछन् । पुरुष एकलतर्फ स्विट्जरल्याण्डका रोजर फेडेरर र स्टानिस्लास वावरीङ्का तथा सर्वियाका नोभाक जोकोभिच र क्रोएशियाका मारीन सिलिच भिड्नेछन् ।