गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारजपानमा आधी करिब १ लाख मानिस बिस्थापित ।।

जपानमा आधी करिब १ लाख मानिस बिस्थापित ।।

September 11, 2015२१४ पटक

भदौ २५ गते ।।

जापानको उत्तर पूर्वी क्षेत्रमा भारी वर्षा पछि आएको बाढी र पहिरोका कारण करिब एक लाख मानिस प्रभावित भएका छन् ।
राजधानी टोकियोबाट उत्तरी क्षेत्रमा रहेको जोसो शहर बढी प्रभावित भएको छ । बाढी र पहिरो प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । केही मानिस हराइरहेका छन् भने केही घाईते भएको अधिकारीहरुको भनाई छ ।
दुई दिन देखिको लगातारको वर्षा पछिको बाढी पहिरोका कारण असामान्य स्थिति श्रृजना भएको भन्दै अधिकारीहरुले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् । वर्षा अघि एक सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधी आएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण