गृहपृष्ठ » मुख्य समाचार, समचारप्रहरीद्धारा लाखौ मल्य बराबरको अबैध सामान बरामद

प्रहरीद्धारा लाखौ मल्य बराबरको अबैध सामान बरामद

September 11, 2015१२८ पटक

भदौ २५ गते ।।
रौतहटस्थित प्रहरी गस्ती टोलीले तीन भारतीय तस्करसहित लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । आन्दोलनको मौका छोपी सीमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छलेर रौतहटतर्फ ल्याउँदै गरेको अवस्थामा कपडा, मलखाद र सुर्तीजन्य पदार्थ गरी दुई लाख मूल्य बराबरको सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सीमावर्ती भारत सेन्दुरिया गाउँका हरिओम महतो, प्रमोद महतो र वीरेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर पठाएको र तस्करको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले बताउनुभयो ।
आन्दोलनको मौका छोपी सीमावर्ती क्षेत्रबाट अवैध रुपमा भारतीय सामानको ढुवानी बढेको सूचनाका आधारमा तस्करी नियन्त्रणका लागि जिल्लामा प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी सहायक प्रहरी निरीक्षक प्रधुमन कार्कीले दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण