तराई बन्दका कारण जनजिवन प्रभावित
भदौ २५ गते ।।
लगातारको बन्दका कारण मध्यपुर्वि तथा पश्चिम तराईको जनजिवन अत्यन्त कष्टकर बन्दै गएको छ । तराईमा केन्द्रित मधेशी मोर्चा तथा पश्चिम तराईमा आन्दोलित थारुहटको बन्दका कारण त्यसक्षेत्रको जनजिवन प्रभावित भएको हो । कैलालीको टिकापुरमा भएको घटनापछि तराईका अधिकाँस जिल्लामा निशेधाज्ञा जारी छ । पुर्वि तराईका विभिन्न जिल्लामा जारी कफ्र्युका कारण सर्बसाधारण मर्कामा परेका छ ।
नजिकिदै गएका चाडपर्वहरुमा आवश्यक सामाग्री किनमेल गर्न नपाउँदा सर्वसाधारण निरास भएका छन् । बन्दका कारण अधिकाँस जिल्लामा कालो बजारी बढेको छ । कैलालीमा भने अन्य दिनको भन्दा कर्फ्यु खुकुलो बनाइएको छ । जनजिवन केहि सहज भएपनि सर्बसाधरणमा त्रासभने जारी नै रहेको छ । विद्यालय खुलेको तथा चाडपर्वहरु नजिकिदै जान थालेपछि, कर्फयुको समय हटाउदै गएको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिनुभयो ।
मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि धनुषाको जनकपुरमा आज बिहान ६ बजेबाट अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ ।
मोर्चाले आज जनकपुरमा महाक्रान्ति र्याली आयोजना गरेसँगै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कायम राख्न भन्दै कर्फ्यु आदेश जारी गरेको हो । महोत्तरीमा स्थानीय प्रशासनले बुधबार रातीदेखि जारी गरेको कर्फ्यु आज बिहान ६ बजेदेखि ९ बजेसम्म ३ घण्टाको लागि हटाएको थियो । कर्फ्यु हटाएसँगै अहिले बजारमा सामान किन्नेको चहलपहल बढेको छ । महोत्तरीमा सेना परिचालन समेत गरिएको छ ।
यसैबीच, तराईका जिल्लामा जारी आन्दोलनका कारण राजधानीबाट बाहिरीने तथा भित्रिने सवारी साधान कम चलेको प्रहरीले जनाएको छ । राती सुरक्षाकर्मीको स्कर्टिङमा गाडी चलाउने गरिए पनि प्रभावकारी हुन नसकेको प्रहरीको भनाई छ ।
उता—लिम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित बनेको छ ।
पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान प्रदेशको माग गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको हो । बन्दका कारण पूर्वका मोरङ, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, ईलाम, संखुवासभा, ते¥हथुम र धनकुटाको जनजीवन प्रभावित बनेको छ ।