गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारसंविधानमा मतदात गर्नै सचिवालयको तयारी ।।

संविधानमा मतदात गर्नै सचिवालयको तयारी ।।

September 11, 2015१८८ पटक

भदौ २५ गते ।।

संविधानसभामा आजदेखि नयाँ संविधानको विधेयकमाथि मतदान गर्ने संविधान सभा सचिवालयले तयारी गरेको छ ।
तीन दलका शीर्ष नेताले धारणा राखेपछि आज दिउसो २ बजेपछि विधेयकमाथि मतदान सुरु हुने सभाध्यक्ष सुवास नेम्बाङले जानकारी दिनु भएको छ ।
एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा बोल्ने क्रममा पार्टीको फरक मत दर्ता गराउने हुनु भएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले पनि देशभर जारी आन्दोलनलाई सम्बोधन गर्नेगरी संविधानसभामा धारणा राख्ने राख्नु भएको छ । उहाँहरुले संविधान निर्माण प्रक्रियालाई नरोकी अगाडी बढ्ने धारणा राख्नु हुने पार्टी निकट नेताहरुले बताएका छन् ।
तर तिन ओटै पार्टीमा प्रक्रियालाई केही दिन रोकेर वार्तागर्नु पर्ने दवाव पनि उत्तिकै रहेको छ ।
चौतर्फी दबाबका बीच पनि संविधान निर्माण प्रक्रिया नरोक्ने तीन दलका शिर्ष नेताहरुले संविधान सभामा घोषणा गरेमा सभाध्यक्ष नेम्वाङले विधेयकलाई मतदानमा लैजान लाग्नु हुने छ ।
उहाँका अनुसार पहिलो चरणमा विधेयकमाथि परेका ५४ वटा संशोधनलाई मतदानमा लगिनेछ । त्यसपछि पारित भएका संशोधनलाई विधेयकको अंग बनाउँदै विधेयकका प्रत्येक धारालाई मतदानमा लगिने भएको छ ।
संविधानका प्रत्येक धारा पारित गर्न हाल कायम ५ सय ९८ सभासद्को दुई तिहाइ करिब चार सयजना उपस्थित बैठकको दुई तिहाइले पारित गरे पुग्ने व्यवस्था संविधानसभा नियमावलीमा छ ।
ध्वनिमतबाट हुने मतदानमा चित्त नबुझे १० प्रतिशत सभासद्ले मतविभाजन माग्न पाउने व्यवस्था छ। तर विधेयकमाथि असहमति जनाउँदै आएका मधेस केन्द्रित दल र राप्रपा नेपालले प्रक्रियामा भाग नलिने जनाएका कारण ध्वनिमतका आधारमा धारा पारित हुने संभावना रहेको छ।
बैठक विहान ११ बजेपछि सुरु हुने संविधान सभा सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण