गृहपृष्ठ » मुख्य समाचार, राजनीतिशिर्ष नेताहरुको बैठक जारी

शिर्ष नेताहरुको बैठक जारी

September 11, 2015१४९ पटक

भदौ २५ गते ।।
प्रमुख तिन दलका शिर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा काँग्रेस, एमाले र एमाओवादीका शिर्ष नेताहरुको बैठक केहीवेर अघि सुरु भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
तराईमा चर्को आन्दोलन भईरहेका बेलासंविधान निर्माणको प्रक्रिया अगाडी बढाउने की नबढाउने भन्ने विषयमा निर्णय गर्न बैठक बसिरहेको नेताहरुले बताएका छन् ।
अधिकाँश शिर्ष नेताहरु जे जस्तो वाधा व्यवधान आएपनि संविधान निर्माणको प्रक्रियालाई रोक्न नहुने पक्षमा रहेपनि उनीहरुको पार्टीमा प्रक्रियालाई केहीदिन रोक्नु पर्ने मत धेरै हुदै गएकाले उनीहरुले पुर्नविचार गर्न लागेका हुन् ।
शिर्ष नेताहरुले आन्दोलनकारीहरुको के के माग अहिले नै संवोधन गर्न सकिने र के के माग पछि संवोधन गर्न सकिने भन्ने बारेमा पनि छलफल गर्ने भएका छन् ।
साथै प्रक्रिया अगाडी बढाउने निर्णय भएमा संविधान सभाको कार्यसुचिका बारेमा पनि छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण