गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारस्थानीय अन्नबाट लिटो बनाउन स्वास्थ्यकर्मिको आग्रह ।।

स्थानीय अन्नबाट लिटो बनाउन स्वास्थ्यकर्मिको आग्रह ।।

September 11, 2015२८९ पटक

जुम्ला २५ भदौ
पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउनको लागि स्थानीय स्तरमा पाइने अन्नबालीबाट लिटो बनाएर खुवाउन महिला स्वास्थ्य स्वयम् सेविकाहरुले सबैलाई आग्रह गरेका छन् । कुपोषित बालबालिकालाई सुपोषित बनाउनको लागि ६ महिना माथिको बच्चालाई लिटो बनाएर नियमित खुवाउनु पर्ने उनिहरुको सुझाव रहेको छ । बच्चाले खान मन पराउने लिटो बनाएर खुवाउन जुम्लाका लाम्रा गाविसका महिला स्वास्थ्य स्वयम् सेविकाहरुले सबैलाई आग्रह गरेका हुन् । ६ महिना पुरा भएका बालबालिकालाई दैनिक लिटो बनाएर खुवाउँदा बच्चाको बृद्धि विकास छिटो हुने स्वास्थ्य स्वयम्सेविका कृष्णमाया रावलको भनाइ छ । घरमै पाइने, जौँ, गहुँ, भट्मास, मक्कै, चामल र केराउँ लगाएत अन्न मिलाएर लिटो बनाउन सकिने उहाँले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण