भीरबाट लडेर मृत्यु अछाममा एकको मृत्यु
२५ भदौ, अछाम । भीरबाट लडेर अछाममा एक जनाको मृत्यु भएको छ । सोकट गाबिस वडा नम्बर ४ निबासी १९ वर्षका देबी लुहारको जंगलमा घाँस काट्ने जाने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
बिहीबार साँझ ६ बजे घाँस काट्न गएका उनी चिप्लिएर लडेका स्थानीय धर्म साउदले जानकारी दिए ।
मृतकको शव करिब ५०० मीटर तल भेटिएको थियो । उनको घटना स्थलमै मृत्यु भएको हो । डोटी जिल्ला तिखात्तर गाविस वडा नम्वर ९ नारी पोइली घर भएकी मृतक लुहार तिज मनाउन माइती घर आएकी थिइन् ।