गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचारतीजमै हुन्छ १० अर्बको सुनका गहनाको बिक्री

तीजमै हुन्छ १० अर्बको सुनका गहनाको बिक्री

September 11, 2015४०४ पटक

काठमाडौं  – विभिन्न कारणले तीजको धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक पक्ष साँधुरिँदै गए पनि आर्थिक पक्ष भने झन् बलियो बन्दै गएको छ । २ दशकको अवधिमा जनसंख्या वृद्दिदरको अनुपातमा आर्थिक पक्ष फराकिलो नभए पनि ‘भोल्युम’ भने धेरै बढेको बताउँछन् नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य ।

‘२० वर्षअघि भन्दा अहिले तीजप्रतिको झुकाव, त्यसको महत्व, विश्वसनीयता, सोच धेरै साँघुरिएको छ,’ उनी भन्छन्,‘तापनि गररहनातर्फको भोल्यूम त धेरै बढेको छ ।

उनका अनुसार यो वर्ष तीजलाई लक्षित गरी असार अन्तिम सातादेखि नै अर्डर र रेडिमेड गरी दैनिक ३५ किलोबराबरका सुनका गरगहना बिक्री भइरहेको छ । यो कम्तीमा दैनिक १५ करोड रुपैयाँबराबरको हुन्छ । यस हिसावले २ महिनामा करिब ९ अर्ब रुपैयाँको सुनका गरगहना बिक्री भएको छ । आजको कारबोर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण