गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारसभा रोक्न एमाओवादी प्रस्ताव

सभा रोक्न एमाओवादी प्रस्ताव

September 11, 2015१४३ पटक

काठमाडौं – संविधानको विधेयकमा दफाबार छलफल गरी मतदान गर्न निर्धारित मितिको अघिल्लो दिन बिहीबार एमाओवादीले त्यसलाई स्थगित गरी आन्दोलनरत दलहरूसँग वार्ता गर्न सत्ताधारी कांग्रेस र एमालेलाई दबाब दिने निर्णय गरेपछि सम्पूर्ण प्रक्रिया अनिश्चित बन्न पुगेको छ।

बिहीबार अपराह्न बसेको एमाओवादी केन्द्रीय पदाधिकारी बैठकले केही दिनका लागि मतदानसहित जारी प्रक्रिया रोकी आन्दोलनरत पक्षहरूसँग वार्ता गर्न प्रधानमन्त्री सुशील कोइरालालाई दबाब दिने निर्णय गरेको छ।

एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले भने, ‘एमाओवादीका नेताहरूबीचको सहमतिअनुसार भोलि बस्ने तीन दलका शीर्ष नेताहरूको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यससम्बन्धी प्रस्ताव राख्नुहुनेछ।’

संविधानको विधेयक २०७२ माथि संशोधनसहितको दफाबार छलफल शुक्रबार सकिँदैछ। दफाबार छलफलको अन्त्यमा प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कर्याक्रम छ।

डा. भट्टराईले भने, ‘मतदान प्रक्रियामा पुगेको संविधान अब कसैले चाहँदैमा रोकिँदैन तर आन्दोनलकारी शक्तिहरूको मागलाई सम्बोधन गर्नुपर्ने भएकाले दुईचार दिन रोक्नु ठूलो कुरा होइन। यस्तो कार्य संविधानसभामा विगतमा पनि भएकै हो।’ संविधान चाँडै जारी हुने उल्लेख गर्दै भट्टराईले भने, ‘पार्टीले आन्दोलनकारी शक्तिहरूको माग सम्बोधन गर्नुपर्छ।’आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण