गृहपृष्ठ » देवदह विशेष, पत्रपत्रीका, मुख्य समाचार, स्वास्थ्यभिसाबिना नै अमेरिका पुगका थिए डाँगी

भिसाबिना नै अमेरिका पुगका थिए डाँगी

September 11, 2015५१८ पटक

काठमाडौं  – विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीलाई अमेरिकाको सामुआस्थित सर्कस कम्पनीले लोभलाग्दो निम्तो पठायो । पैसा पाइने, देश विदेश पनि घुम्न पाइने । तुलसीपुरमा घर ठड्याउने सपना पूरा हुने । डाँगीले प्रस्ताव नकार्नुपर्ने कुनै कारण देखेनन् ।

लगत्तै कम्पनीले एकहजार बाटो खर्च पठाइदियो । गत चैत ३ गते भतिज दोलखलाई साथ लिएर डाँगी अमेरिका उडे । न उनीहरुले कुनै लिखित सम्झौता गरे, न त उड्नुअघि अमेरिकी दूतावास पुगेर भिसा नै लगाए । कम्पनीले जसोतसो अह्रायो, उसैउसै माने । सोझा डाँगीलाई आफू कुन प्रक्रियाबाट त्यहाँ पुग्दै छु भन्ने हेक्का नै भएन ।

पासपोर्ट देखाएकै भरमा थुप्रै देशका ट्रान्जिट झेल्दै काकाभतिजा अमेरिका पुगे । सर्कसका अतिथिसँग उभिएर फोटो खिचिदिएबापत कम्पनीको आम्दानी बढाइदिए । यही क्रममा उनी बिरामी परे । उपचारकै क्रममा डाँगीको मृत्यु भयो । अस्पतालाई २० लाख रुपैयाँ तिर्नुपर्ने भो । अब सर्कस कम्पनी तर्किन थाल्यो । आर्थिक अभावमा भतिज दोलख अस्पतालमै शव कुरेर बस्न बाध्य भए । त्यतिबेला उनी छाँगाबाट खसेझै भए जब म्याजिक सर्कस अफ सामुआ’ले आफूहरुलाई अवैधानिक प्रवेशकै कारण उनलाई अहिले काकाको शव लिएर नेपाल फर्कन कानुनी जटिलताले रोकेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण