गृहपृष्ठ » मुख्य समाचार, राजनीतिथारु नेताहरु सद्‍भावको पक्षमा

थारु नेताहरु सद्‍भावको पक्षमा

September 11, 2015१४६ पटक
फोटो :फाइल फोटो
धनगढी: कैलालीमा थरुहट आन्दोलन हाँकेका नेताहरुले सद्भावको पक्षमा वातावरण बनाउन आग्रह गरेका छन । पहिलो पटक स्थानिय प्रशासनसँग भटेर आन्दोलन हाकेका नेताहरले यस्तो आग्रह गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले नेताहरुसंग टीकापुर घटना भएको १६ दिनपछि जिल्ला छलफल गरेका हुन् । यसअघि अन्य पक्षसंग सामुहिक बैठक बसेको भएपनि थारु नेताहरुलाई मात्र राखेर पहिलो पटक छलफल भएको हो ।
छलफलमा थारु नेताहरुले आफुहरुको आन्दोलन शान्तिपुर्ण रहने बताउदै कफर्यु हटाएर जनजिवन सामान्य पार्न स्थानीय प्रशसनलाई आग्रह गरेपनि प्रमुख जिल्ला अधिकारीले तत्काल कर्फयु हटाउन नसकिने बताउदै आन्दोलनकारी नेताहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गरेर आउन सुझाव दिएका छन् ।
‘कैलालीमा कफ्र्युको समय घटाएर, जनजीवन सामान्य पार्नुपर्छ, हाम्रो आन्दोलन अब शान्तिपुर्ण हुन्छ’ थरुहट/थारुवान संघर्ष समितिका प्रवक्ता तथा थारु कल्याणकारिणी सभाका कैलाली जिल्ला सचिव माधव थारुले भने ।
‘उनले, आन्दोलनमै रहेका बेला विद्यालय खोलेर आन्दोलनकारीले सद्भाव देखाएको बताए । ‘हामीले विद्यालय खोल्ने सहमती गरेका छौ, अब हाम्रो आन्दोलन शान्तिपुर्ण हुन्छ’ उनले भने ।
थारु नेताहरुले लगातारको कफर्यु हटाउन, प्रदर्शनका क्रममा घाईते भएकाहरुको उचित उपचार गर्न, र ८ गते थारु समुदायका घर र पसलमा छानी छानी भएको आगजनीको छानविन गर्न समेत माग गरेका छन् ।
थरुहट तराई पार्टीका केन्द्रीय कोषाध्यक्ष खडक चौधरीले १७ दिनदेखिको कफ्र्युले जनजीवन त्रसित र आजित भएको बताए ।
‘अब सद्भावको कुरामा जानुपर्छ, प्रहरी प्रशासनले पनि टीकापुर घटनाको विषयमा धरपकड बन्द गरेर सद्भावको वातावरण बनाउनुपर्छ’ कोषाध्यक्ष चौधरीले भने ।
आन्दोलन हाकेका थारु नेताहरुले प्रमुख जिल्ला अधिकारी समक्ष, सामाजिक सद्भाव कायम गर्न आफुहरु सचेत रहेको, आन्दोलन हिंसात्मक बनाउने कुनै योजना नरहेको जानकारी गराउदै कर्फ्युको बिकल्प बारे सोच्न आग्रह गरेका छन् ।
‘अहिले, थारुको अटवारी पर्व पनि आईरहेको छ, कफ्र्युले गर्दा पहाडी समुदायको गौरा पर्व प्रभावित भयो, हाम्रो आन्दोलन शान्तिपुर्ण हुनेमा हामी प्रतिवद्ध छौं’ थारु कल्याणकारिणी सभाका पुर्व कैलाली जिल्ला सभापति प्रभातकुमार चौधरीले भने ।
‘थारु नेताहरु सद्भावको पक्षमा छन, तर सुरुवात प्रशासनले गर्नुपर्छ, वातावरण बनाउने काम पनि प्रशासनको हो’ उनले भने ।
नेताहरु पक्राउको विरोध
थारुवान/थरुहट संघर्ष समिति र राना थारु संयुक्त संघर्ष समितिले संयुक्त रुपमा प्रेस विज्ञप्ती प्रकाशित गर्दै फोरम नेता लक्ष्मण थारु र संयोजक लाहुराम चौधरीलाई पक्रेको घटनाको निन्दा गरेको छ ।
थरुहट थारुवान संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरी र राना थारु संयुक्त संघर्ष समिति कैलालीका सदस्य प्रेम राना थारुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै, पक्राउ परेका दुबै नेतालाई रिहाई गरी सदभाव वातावरण बनाउन माग गरिएको छ ।
‘शान्तिपूर्ण आन्दोलनको क्रममा यही भदौ ७ गते टीकापूरमा भएको घटनालाई लिएर विभिन्न आन्दोलनकारीको नाममा थारु समुदायलाई छानी–छानी धडपकड गरि महिलाहरुलाई दुब्र्यवहार गर्ने, राज्यको गैर जिम्मेवारीपूर्ण क्रियाकलापको घोर भत्सना गर्दछौ’ जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा, राज्यले शान्ति सदभावको नाममा थरुहट/थारुवान आन्दोलनकारीलाई धडपकड गर्ने, पक्राउ गर्ने जस्ता क्रियाकलाप नरोके कडा आन्दोलनमा उत्रिने चेतावनी पनि दिईएको छ ।annapurnapost.com
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण