गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचार, स्वास्थ्यअबैधानिक रूपमा मलेसिया बसोबास गरेका नेपाली कामदार लाई बैधानिक हुने बाटो खुल्ला ।

अबैधानिक रूपमा मलेसिया बसोबास गरेका नेपाली कामदार लाई बैधानिक हुने बाटो खुल्ला ।

September 12, 2015५४३ पटक

kuala-lumpur-petronas-tower1सुसान आचार्य मलेसिया भदौ २६
क्वालालमपुर । अबैधानिकरुपमा मलेसिया बसेर काम गरि रहेका बिदेशी कामदारलाई यहांको सरकारले बैधानिक बन्न आग्रह गरेको छ ।

आगामी मंगलबार (सेप्टेम्बर १५) देखि अबैधानीक कामदारलाई बैधानिक बनाउने प्रक्रिया शुरु हुदैछ । सिक्स पी नामक प्रक्रियाबाट अबैधानीक कामदारलाई बैधानिक बनाईने मलेसिया सरकारले बताएको छ । यस सिक्स पी योजनाको जिम्मा ४ वटा निजी कम्पनिले लिएका छन् ।

सो ४ कम्पनिहरुलाई सरकारले भाडामा १ हजार वटा अत्याधुनिक मेशिन समेत उपलब्ध गराई दिएको छ । जुन मेशिनले अबैधानिक कामदारको डाटा संकलन गर्नेछ । २४ सय रिंगेट शुल्क तिरेपछि शुल्क बुझाएको भोलीपल्ट संकलीत डाटा बमोजिम सो कम्पनिहरुले एक डिजिटल कार्ड उपलब्ध गराउने छन । उक्त कार्ड एक प्रकारको अस्थायी अनुमती पत्र हो । कार्डको अबधि ७ महिनाको हुने छ । ७ महिनाको अबधिभित्र नया एमआरपी बनाएर भिजा लगाई सक्नु पर्ने हुन्छ ।

भिजाका लागी २०५ , बार्षिक लेबीको एकमुष्ट रकम १२ सय ५० र ईन्सुरेन्सका लागी २०५ रकम अलग्गै तिर्नु पर्ने हुन्छ । सिक्स पी प्रक्रिया खुल्ला भएपछि बैधानिक बन्न नसकीरहेका नेपाली कामदारहरुपनि लाभान्भित हुने भएका छन् । मलेसियामा झण्डै ३५ हजार नेपाली अबैधानिक रहेको अनुमान छ । सिक्स पी योजना कहिले सम्म जारी रहने छ भन्ने बारे मलेसिया सरकारले केहि बताएको छैन् ।

डिजिटल कार्ड प्राप्त गरेका कामदारले प्रहरीको हैरानी खेप्नु पर्ने छैन् । अबैधानिक कामदारलाई घरफिर्तीका अबसर प्रदान गरिरहेको मलेशिया सरकारले थप सुबिधा प्रदान गरी सिक्स पी खोलेको हो । यसअघि सन २०११ पनि यहांको सरकारले सिक्स पीको अबसर प्रदान गरेको थियो ।सरकार ले प्रदान गरेको यो सुबिधा बाट मलेसिया मा अबैधानिक रूपमा काम गर्दै आयका हजारौं नेपाली अब बैधानिक रूपमा काम गर्न सक्ने अबसर पायका छन ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण