धितो दुई लाखको, कर्जा ६७ लाख !
२६ भदौ, काठमाडौं । बैंकको ठगीको नयाँ तरिका प्रहरीले फेला पारेको छ । एउटा जग्गा देखाएर अर्को जग्गा धितो राखी बैंक ठगी हुन थालेको छ ।
करिब दुई लाख रुपैयाँको जग्गा बैंकमा धितो राखेर दुई व्यापारीले ६७ लाख ५० हजार रुपैयाँ कर्जा लिएका थिए । कमसल जग्गा धितो राखी महँगो जग्गा देखाएर झुक्याई ग्लोबल आइएमई बैंकबाट कर्जा लिई ठगी गरेको आरोपमा भोजबहादुर बुढाथोकी र रविभक्त सैंजूलाई सिआईबीले पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।
बुढाथोकीले बाटो नभएको जग्गाको लालपुर्जामा राजमार्गसँग जोडिएको जग्गा भन्दौ ६७ लाख ५० हजार कर्जा लिएका हुन् । ठगी गर्ने उद्देश्यले नै उनीहरुले त्यसरी कर्जा लिएको खुलेपछि प्रहरीले उनका पार्टनर सैंजूसहितलाई पक्राउ गरेको हो ।