गृहपृष्ठ » मुख्य समाचार, समचारचिनी बोकेका तीन ट्रकमा आगजनी

चिनी बोकेका तीन ट्रकमा आगजनी

September 12, 2015१२४ पटक

२६ भदौ, काठमाडौ । बाराको कलैया-पिलुवाहा सडक खण्डको मनोहरवामा बन्दकर्ताहरुले तीन वटा मालबाहक ट्रकमा आगो लगाइदिएका छन् ।

कलैयाको रिलायन्स चिनी मिलबाट चिनी लिएर काठमाडौ आउँदै गरेका तीन वटा ट्रक मनोहरवा-५ मा बन्दकर्ताले आगो लगाइदिएका हुन् । आगजनीबाट ना५ख २९९५ नम्बरको र ना ५ ख ५७६१ नम्बरको ट्रक पूर्ण रुपमा ध्वस्त भएको इलाका प्रहरी कार्यालय कलैयाले जनाएको छ ।
ना ४ ख २९२७ नम्बरको ट्रकमा लगाइएको आगो भने कलैयाबाट गएको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएकोले कम क्षति भएको प्रहरीले जनाएको छ ।

दुई वटा ट्रकमा रहेको ८ सय २० बोरा चिनी पूरै ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ । विहान ३ बजेतिर बन्दकर्ताहरुले काठमाडौतर्फबाट आएको मालबाहक ट्रकमा आगो लगाएर भागेका थिए । तराईका विभिन्न ठाउँबाट सवारी साधान तथा मालबाहक गाडीलाई प्रहरीले स्कर्टिङ गरेर लैजाने गरिए पनि ती ट्रकले आफूहरुसँग समन्वय नगरी जाँदा क्षति भएको प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण