गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारअख्तियारले प्रधानमन्त्रीलाई भन्यो, ‘बदनियत र स्वेच्छाचारी रुपमा विष्टलाई नियुक्त गर्ने मन्त्री पौडेललाई आवश्यक कारबाही गर्नु’

अख्तियारले प्रधानमन्त्रीलाई भन्यो, ‘बदनियत र स्वेच्छाचारी रुपमा विष्टलाई नियुक्त गर्ने मन्त्री पौडेललाई आवश्यक कारबाही गर्नु’

September 12, 2015१५८ पटक

काठमाण्डु, २६ भदौ – खेलाडीहरुलाई भगाउने काममा संलग्न विवादित केशब कुमार विष्टलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा गैरकानुनी तवरवाट नियुक्त गरेको ठहर गर्दै अख्तियतार दुरुपयोग अनुसन्धान आयोगले खेलकूदमन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्ने भएको छ ।
पौडेलले अख्तियारको दुरुपयोग गरेको ठहर गर्दै अख्तियारले पौडेलमाथि आवश्यक कारबाहीका लागी सम्माननीय प्रधानमन्त्रीलाई लेखि पठाउने निर्णय गरेको छ । खेलकुद परिषदको सदस्य सचिव विष्टलाई कारबाही गर्न पनि आयोगले युवा तथा खेलकुद मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको छ ।
पौडेलले जानीजानी आफूलाई प्राप्त अधिकार सम्बन्धित कानून, निर्णय वा आदेश विपरीत अर्कै उद्देश्यले प्रयोग गरी आफ्नो तजविजी अधिकार बदनियत साथ स्वेच्छाचारी रूपमा प्रयोग गर्नुका साथै आफ्नो पदको प्रकृति अनुसार पालना गर्नुपर्ने पदिय कर्तव्य पालना नगरेको अभियोग लगाएको छ ।
अन्नपूर्णपोस्ट् दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण