गृहपृष्ठ » देवदह विशेष, पत्रपत्रीका, मुख्य समाचार, समचारतीर्थाटनमा भारत गएका दुई नेपालीको सडक दुर्घटनमा मृत्यु

तीर्थाटनमा भारत गएका दुई नेपालीको सडक दुर्घटनमा मृत्यु

September 12, 2015४५८ पटक
रौतहट- रौतहटका दुई बोलबम यात्रीको भारतमा बस दुर्घटना परी मृत्यु भएको छ। स्थानीय भसेढवा-२ का २१ वर्षीय सरोज साह र कटहरीया-७ का ४० वर्षीय प्रेम साहको मृत्यु भएको हो।
एक हप्ताअघि रौतहटको कटहरिया बजारबाट ना४ख ६३९० नम्बरको ओमशक्ति डिलक्समा आसपासगाउँका झण्डै पचास जनाभन्दा बढी बोलबम भारतको झारखण्डमास्थित देवघर (बाबाधाम) को धार्मिक यात्राका लागि गएका थिए।

धार्मिक यात्रा फर्किने क्रममा भारत बिहारको जमुईस्थित सडकखण्डमा एक्कासी ब्रेक लगाएपछि बसको छतामा सुतिरहेका साहद्धय छतबाट खसेका थिए। घाइते दुवै जनालाई निजी अस्पतालमा उपचारको लागि लगिए पनि मृत घोषित गरिएको भसेढवाका स्थानीय रामअधार राययादवले बताएका छन्।

दुर्घटनामा परेर ज्यान गुमाएका सरोजको बेलुका चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा दिइएको छ। प्रेमको शव शनिबार बिहान भारतबाट आएकाले उनको पोस्टमार्ट पछि परिवारको जिम्मा लगाउने इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण