गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचार‘उनी चिच्याई राखिन्, डाक्टर बोलाइदेऊ भनेर, तर कसैले सुनेनन्

‘उनी चिच्याई राखिन्, डाक्टर बोलाइदेऊ भनेर, तर कसैले सुनेनन्

September 12, 2015२०२ पटक

Relatives of Manju Kumari Mahato, who died during treatment at the Chitwan-based Om Hospital, chanting slogans on the hospital premises in Bharatpur of Chitwan district on Friday, September 11, 2015. Photo: Tilak Rimal

चितवन, २६ भदौ– चितवन भरतपुरस्थित ओम अस्पतालमा प्रसूति गराउन आएकी सुत्केरी र शिशुको मृत्युपछि आफन्त र परिवारले विरोध जनाउँदा तनाव भएको छ । डाक्टर र अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै स्थानीय विरोधमा उत्रिएपछि दिनभर तनाव भएको थियो ।

गत बुधबार सुत्केरी बेथा लागेर आएकी चितवन–८ चनौलीकी ३० वर्षीया मञ्जुकुमारी महतोको उपचार क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । सुत्करी भएको केही बेरमै शिशुको पनि मृत्यु भएको थियो । पीडित परिवारले चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै नाराबाजी गर्दा शुक्रबार बिहानदेखि अस्पताल बन्द गर्नुपरेको थियो । आक्रोशित पीडितबाट कुनै अप्रिय घटना नहोस् भन्दै दिनभरि बन्द अस्पतालबाहिर सुरक्षाकर्मीले पहरा दिएका थिए । बच्चा जन्मेपछि अत्याधिक रक्तस्रावले सुत्केरीको ज्यान गएको चिकित्सकले दाबी गरे ।
मृतकको पति गंगारामले नर्स र डाक्टरको लापरबाहीले श्रीमती र बच्चाको मृत्यु भएको आरोप लगाए । ‘मञ्जुु चिच्याई राखिन्, डाक्टर बोलाइदेऊ’ उनले भने, ‘तर उनीहरुले सुनेनन् । ’
कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण