गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारआज कता कता अनि कत्तिको पानी पर्ला।।

आज कता कता अनि कत्तिको पानी पर्ला।।

September 12, 2015२८४ पटक

काठमाडौं उपत्यका लगायत आसमासका क्षेत्रमा आज बिहानैदेखि निरन्तर वर्षा जारी रहेको छ । वर्षा मध्यान्न सम्म जारी रहने मौसम विद्हरुले जनाएका छन् । यसका साथै आज मध्य र पश्चिमी क्षेत्रका केहि स्थानमा ठूलो पानी पर्नेे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण नेपालको पश्चिम र मध्य क्षेत्रका केहि क्षेत्रमा ठूलो पानी पर्ने अनुमान गरिएको हो अरु ठाउँमा पनि सामान्य वर्षा हुने मौसमविदले बताएका छन् । केहिदिन कमजोर बनेको मनसुन गएरातीदेखि सक्रिय भएको हो । अब एक दुईदिन देशभरीकै मौसम बदली भएर केही ठाउँमा दिउँसोपछि भारी वर्षा हुने अनुमान गरिएको छ । गएरातिदेखि देशका विभिन्न ठाउँमा पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण