गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यएम्वुलेन्स चालक आन्दोलित

एम्वुलेन्स चालक आन्दोलित

September 12, 2015२०७ पटक

बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड तथा चालकमाथि भएको हातपातको विरोध गर्दै एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् । एम्बुलेन्स चालकले सुरक्षाको प्रत्याभूति नहुँदासम्म विराटनगर–रङ्गेली सडकखण्डमा एम्बुलेन्स सञ्चालन नगर्ने निर्णय पनि गरेका छन् । एम्बुलेन्स चालक संघ, मोरङका सचिव चन्द्र पराजुलीले बन्दकर्ताले एम्बुलेन्समाथि तोडफोड र चालकलाई दुव्र्यवहार गर्न थालेपछि सुरक्षाको प्रत्याभूति नभएसम्म एम्बुलेन्स नचलाउने निर्णय गरिएको जानकारी दिनुभयो । बन्दकर्ताले सो सडकखण्ड अन्तर्गत को१च ४२६५ नंको नेपाल रेडक्रस सोसाइटी मोरङको एम्बुलेन्स तोडफोड भएपछि उनीहरु आन्दोलित भएका हुन् । मोरङको कटहरी, कर्सिया, रंगेली र दर्वेशालगायतका स्थानमा जाँदा आन्दोलनकारीले चालकमाथि दुव्र्यवहार गर्ने गरेको मोरङ एम्बुलेन्स चालक संघले जनाएको छ । मोरङमा १ सय २५ वटा एम्बुलेन्स सञ्चालनमा रहँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण