अमेरिकी राजदूतद्धारा ३ करोड वढिको सहयोग घोषणा
नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले नेपाललाई करिब तीन करोड २० लाख रुपैया रकम रहेको ‘एम्बेसेडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन’ अनुदान दिने घोषणा गरेका छन् ।
नेपालमा आफ्नो कार्यकाल पूरा गर्दै गर्दा राजदूत बोडीले अनुदान रकम घोषणा गरेका हुन् । अनुदान रकम वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेका ललितपुर तथा काठमाडौंका ऐतिहासिक स्थलको संरचनागत मूल्याङ्कन, स्थिरीकरण र पुनःनिर्माण कार्यमा सघाउन प्रयोग गरिने छ ।
राजदूत बोडीले काठमाडौं दरबार र पाटन दरबार क्षेत्रका पुनःनिर्माणसम्बन्धी पहलकदमीले विश्वकै सर्वाधिक महत्वपूर्ण स्थलको संरक्षणमा मद्दत पुग्ने वताए ।