गृहपृष्ठ » खेलकुद, मुख्य समाचारविलियम्स युएस ओपन टेनिसको सेमिफाइनलबाट बाहिरि

विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलबाट बाहिरि

September 12, 2015३५४ पटक

यो वर्षका सबै ग्रान्डस्लाम जित्ने अभियानमा रहेकी अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलबाट बाहिरिएकी छिन् । सेरेना इटालीकी रोबेर्टा भिन्चीसँग २–६, ६–४ र ६–४ ले पराजित भएकी हुन् । अहिलेसम्म २१ वटा ग्राण्डस्लाम उपाधि जितेकी उनले यो वर्ष अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन र विम्बल्डन टेनिसको उपाधि उचालेकी थिईन् ।
उनले सन् २०११ पछि युएस ओपनको एउटा पनि खेल हारेकी थिईनन् । ३३ वर्षे विलिम्यसले पछिल्ला तीनसहित सन् १९९९, २००२, २००८ को युएस ओपन जितेकी छिन् । सेरेनालाई पराजित गरेकी ३२ वर्षे भिन्चीले अब उपाधिका लागि आज आफ्नै देशकी फ्लाभिया पेनेटासँग खेल्ने छिन् ।
ग्राण्डस्लामको ४५ वर्षे इतिहासमा इटालीका दुई खेलाडीले फाइनल खेल्न लागेको यो नै पहिलो अवसर हुने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण