गृहपृष्ठ » खेलकुद, मुख्य समाचारइंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज ७ वटा खेल हुने

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज ७ वटा खेल हुने

September 12, 2015३८० पटक

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज ७ वटा खेल हुने भएका छन् । लिगमा आज म्यान्चेष्टर युनाइटेड र लिभरपुल भिड्दै छन् । युनाइटेडको मैदान वल्र्ड ट्राफोर्डमा नेपाली समय अनुसार राती सवा १० बजे सुरु हुने खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
लिगको आफ्नो पछिल्लो खेलमा पराजय बेहोरेका यि दुबै टोली स्पष्ट जितका लागी मैदानमा उत्रने छन् । प्रिमियर लिग अन्तर्गतनै साढे पाँच बजे साबिक बिजेता चेल्सी र एभर्टन आमने सामने हुदै छन् ।
यस्तै, पौने ८ बजे हुने खेलहरुमा आर्सेनलसँग स्टोक सिटीले, म्यान्चेष्टर सिटीसँग क्रिष्टल प्यालेसले, नर्विच सिटीसँग एएफसी बर्न माउथले, वार्टफेर्डसँग स्वान्सी सिटीले र वेष्ट ब्रोमविच आल्बियनसँग साउथ ह्याम्पटनले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण