गृहपृष्ठ » मुख्य समाचार, समचारबन्दका कारण जनजिवन प्रभावित,कालो बजारी बढ्यो

बन्दका कारण जनजिवन प्रभावित,कालो बजारी बढ्यो

September 12, 2015२२९ पटक

प्रदेश सीमांकनको विरोधमा भईरहेको आन्दोलनले हिंसात्मक रुप धारण गरेपछि तराईका विभिन्न जिल्लाको जनजीवन त्रासमय बनेको छ । हिजो धनुषा र महोत्तरीमा पाँच प्रदर्शनकारीको प्रहरीको गोली लागेर पाँच प्रदर्शनकारीको मृत्यु भएपछि ती क्षेत्रमा कफ्र्यु जारी राखिएको छ भने आन्दोलनकारीहरु कफ्र्यु उल्लंघन गरी आन्दोलनको तयारीमा जुटिरहेका छन् । तराईका केहि जिल्लामा हिजो साँझदेखिको वर्षाका कारण आन्दोलनमा जनसहभागिता घट्दै गएको हाम्रास सहकर्मीहरुले जनाएका छन् ।
उता आन्दोलनरत संयुक्त मधेशी मोर्चाका हिंस्रक कार्यकर्ताहरुले गम्भीर घाईते भई एम्बुलेन्समा उपचारका लागि लैजाँदै गरिएका सशस्त्र प्रहरी सहायक निरिक्षक थमनबहादुर विकको हत्या गरेपछि प्रहरीले आज सुरक्षा व्यवस्था निकै कडा पारेको छ । आन्दोलन शान्त पार्ने क्रममा आन्दोलनकारीले प्रहार गरेका ढुंगा मुढाले घाईते भएका विकको निर्ममतापूर्वक हत्या गरिएको थियो ।
यस्तै, लगातारको बन्द र हिंसात्मक आन्दोलनका कारण मध्यपुर्वि तथा पश्चिम तराईको जनजिवन अत्यन्त कष्टकर बन्दै गएको छ । तराईमा केन्द्रित मधेशी मोर्चा तथा पश्चिम तराईमा आन्दोलित थारुहटको बन्दका कारण त्यसक्षेत्रको जनजिवन प्रभावित भएको हो । कैलालीको टिकापुरमा भएको घटनापछि तराईका अधिकाँस जिल्लामा निशेधाज्ञा जारी छ । पूर्वि तराईका विभिन्न जिल्लामा जारी कफ्र्युका कारण सर्वसाधारण मर्कामा परेका छ ।
नजिकिदै गएका चाडपर्वहरुमा आवश्यक सामाग्री किनमेल गर्न नपाउँदा सर्वसाधारण निरास भएका छन् । बन्दका कारण बन्द भएका अधिकाँस जिल्लामा कालो बजारी बढेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण