गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचार, साहित्यरानीपोखरीलाई रातभर खोल्ने गरी पुननिर्माण गरिँदै

रानीपोखरीलाई रातभर खोल्ने गरी पुननिर्माण गरिँदै

September 13, 2015४६४ पटक

२७ भदौ, काठमाडौं । राजधानीको मध्यमागमा रहेको रानीपोखरीलाई पर्यटकीय केन्द्र बनाउने गरी महानगरपालिकाले योजना अघि बढाएको छ ।
scb ranipokhari
१२ बैशाखको विनाशकारी भूकम्पले उपत्यकाका अधिकांश परातात्विक महत्वका सम्पदा नष्ट भएका बेला महानगरले रानीपोखरीलाई पर्यटकीय केन्द्र बनाउने अवधारणासहित पुनर्निमाण योजना बनाएको नयाँ पत्रिकामा खबर छ । महानगरको योजना समयमै कार्यान्वयन भए आगामी डेढ वर्षभित्र रानीपोखरीले रुप फेर्नेछ ।

पुनर्निर्माणमा के के बन्छ ?

· पोखरीभित्रको हिलो झिकिनेछ, पानीको आगमन र बहिर्गमनको व्यवस्था गरिनेछ, पोखरीको मध्यभाग तथा चारैतर्फ विद्युतबाट चल्ने ‘म्युजिकल फाउन्टेन जोडिनेछ ।

· पोखरीको गहिराई नियाल्न सकिने गरी सफा पानी, किनारमा बालुवा तथा ढुंगाका टुक्राको सजावटसहित पानीमा आकर्षक रंगीन माछाका भुरा छोडिनेछ ।

· पोखरीको चारैतर्फ ५० फिट खाली ठाउँ राखिनेछ भने खाली ठाउँमा बगैँचा निर्माण गरिनेछ ।

· फराकिलो फुटपाथ, बीचबीचमा बस्न मिल्ने बेच्न र ठाउँ ठाउँमा झुलन पनि निर्माण गरिनेछ ।

· पोखरीको दक्षिण पश्चिम भागमा मन्दिर, बगैंचाभित्र सुविधासम्पन्न क्याफे, रानीपोखरी र रत्नपार्क जोड्ने बीचमा आकाशे पुल बन्नेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण