गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यबागलुङको भिमगिठेमा भएको बस दुर्घटनामा घाईते भएका ५ जना मध्ये एकको मृत्यु ।

बागलुङको भिमगिठेमा भएको बस दुर्घटनामा घाईते भएका ५ जना मध्ये एकको मृत्यु ।

September 13, 2015३५१ पटक

सागर भण्डारी
बुर्तिबाङ,भाद्र २७

बागलुङको भिमगिठेमा आज बिहान भएको यात्रु वाहक वस दुर्घटना परी घाईते भएका ५ जना मध्ये एकको मृत्यु भएको छ ।
दुर्घटनामा घाईते भएका मध्ये बागलुङ खुङ्गा ८ का सुमन सापकोटाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा घाईते भएका गाडिका सहचालक रुकुम हुकुमका प्रकाश घर्तिमगरको अवस्था पनि गम्भिर रहेको छ । भने भिमगिठे १ का यम बहादुर घर्तिमगर,ग्वालीचौर ५ कि अम्बिका बोहोरा र भिमगिठे ६ की कमला बुढाको अवस्था भने सामान्य रहेको स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।
भिमगिठेबाट बुर्तिबाङतर्फ आउँदै गरेको ना ४ ख ६३३८ नं को यात्रुवाहक वस बुर्तिबाङ र भिमगिठे गाउँ विकास समितिको सिमानामा पर्ने भर्याङमा आज बिहान करिब साढे ९ बजेको समयमा ब्रेक फेल भएर सडकमै पल्टिएको बुर्तिबाङ यातायात व्यवसायी समितिका महासचिव दिपक भुषालले जानकारी दिनुभएको छ ।
बसमा २० जना यात्रु सभार रहेपनि अरुको भने अवस्था सामान्य रहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण