गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारवामी सेवा समिति जापानको तिज विशेष दर खाने कार्यक्रम सम्पन्न

वामी सेवा समिति जापानको तिज विशेष दर खाने कार्यक्रम सम्पन्न

September 16, 2015४४१ पटक

अनिश गैरे, उज्यालो लाल्टीन, वामी गुल्मी ।।
भदौ ३० गते ।।
हिन्दु नारिहरुको महान चार्ड हरितालिका तिज को अवसरमा वामी सेवा समिति जापानले यही सेप्टेम्वर १५ तारिक को दिन वृहत तिज विशेष दर खाने कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ १ विगतका वर्षहरुमा पनि समितिले वामेली चेली वेटी भान्जा ,भान्जी, ज्वाई चेला हरुलाई दर खुवाउने कार्यक्रम हरू गर्दै आईरहेको थियो जस अनुसार समितिले जापानको टोक्यो ओचुका स्थित एथेनिक डाइनिंग ज्याप्पोन रेष्टुरेन्ट मा गरेको कार्यक्रममा सेवा समितिकी महिला विभाग संयोजक श्रीमति निम कुमारी विक को सभापतित्व र टीकाराम गौतम को प्रमुख आथित्यता रहेका थियो । कार्यक्रममा समितीका अध्यक्ष टीकाराम घिमीरे , आई सी सी वर्ल्ड का सदस्य श्री रोशन के०सी , निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहाकार श्री शुरेस के०सी ,निवर्तमान उपाध्यक्ष एवं वर्तमान सल्लाहाकार श्री रामलाल सापकोटा त्यसैगरी अभिभावक परिषद सदस्य ,श्री तेजीन्द्र के सी ,श्री तारा चन्द िघमीरे ,श्री कृण्ण प्र सापकोटा श्री शुक्र राज चुके, श्री रामकान्त खराल सल्लाहाकार घनश्याम सापकोटा लगाएत सम्पूर्ण कार्यसमिति का पदाधिकारीहरू , यूवा विभाग ,महिला विभाग , र सम्पूर्ण वामी लगाएत हाम्रै छिमेकी गा०वि०स को पनि उपस्थिति रहेको थियो १
समितिकी महिला सदस्य सुश्री सन्तोषी के ०सी को स्वागत मन्तव्य संगै सुरू भएको उक्त कार्यक्रम को पहिलो शेसनमा वामी सेवा समिति जापान को परम्परा अनुसार वामी वाट जापान घुम्न आउनुहुने अभिभावक हरुलाई स्वागत तथा सम्मान गर्ने क्रममा वामी ८ अर्जेवा निवासी ज्येष्ठ नागरिक एवं अभिभावक टीकाराम गौतम र उहाकी धर्मपत्नी श्रीमति डीला गौतम र चितवन निवासी लछिमा सापकोटालाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको थियो १ वामी लगाएत छिमेकी गा०वि०स का दाजुभाई तथा महिला दिदी वहीनीहरुको उत्साहजनक सहभागितामा सम्पन्न दोस्रो सेसनको तिज विशेष दर खुवाउने कार्यक्रममा शुभकामना आदान प्रदान सँगै नाचगान गरिएको थियो ।
नाँचगान कार्यक्रममा नेपाली कला संस्कृति हाम्रो पहिचान ’’ भन्दै रातो सारी चुरा पोते शिरफुल मा सजिएर आएका दिदी वहीनी हरु आफै गित गाएर मादलुको ताल संगै छमछमी नाच्दा आफुहरु जापान नभएर वामीमै रहेकाके भान भएको समितिका सांस्कृतिक बिभाग गोकुल खत्रीले बताउनुभयो । त्यसैगरी नेपाली परिकारलाई दरको रुपमा खादैै नाच्दै गरेका महिला दीदीवहिनी हरुले समितीलाई धन्यवाद दिदै आगामी दिन हरुमा पनि यस्तै कार्यक्रम गर्न को लागी अनुरोध समेत गरेका थिए १ कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष टीकाराम गौतमले जापान जस्तो ठाउमा आएर पनि यो व्यस्त समयमा वामीलाई माया गरेर आउनुहुने सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो १ कार्यक्रमको संचालन संस्थाका सचिव एवं सांस्कृतिक विभाग संयोजक गोकुल खत्रीले गर्नुभएको थियो १

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण