गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यकेही हप्ताअघि गएको पहिरोको कारण जोखीममा परेका कुर्घाका ३ पहिरो पिडितहरु भोकै बस्न बाध्य,

केही हप्ताअघि गएको पहिरोको कारण जोखीममा परेका कुर्घाका ३ पहिरो पिडितहरु भोकै बस्न बाध्य,

September 16, 2015२६८ पटक

अनिश गैरे, वामी गुल्मी ।।
केही हप्ताअघि पहिरोले घर उच्चजोखिममा पुराए पछि विस्थापित भएका गुल्मी कुर्घाका ३ घर परिवार भोकै बस्न बाध्यभएका छन् ।
कुर्घा गाविस वडा नम्वर ६ का भिमबहादुर थापा, गुमानबहादुर थापा र रामकली थापाको घर भदौं ४ गते विहान करिव ५ वजेको समयमा  माथीबाट आएको पहिरोले उच्च जोखिममा पुराए पछि विपन्न ति परिवारहरु भोकै बस्न बाध्य भएका हुन् ।
 स्थानिय समाज सेवी वोमबहादु््र खत्रीका अनुसार ति परिवारहरु छिमेकीको घरमा शरण लिनपुगेका  छन् । पहिरो पिडित थापा परिवारले आफुहरु खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्थामा पुगेको बताए । ‘ अलि अलि भएको अन्न पनि पहिरोले पुरी दियो’–
 भिमबहादुर थापाले भने –‘ छिमेकीले दया गरेर ल्याई दिए खाने हो नत्र भोक भोकै वस्ने गरेका छौं ।’ समाज सेवी खत्रीका अनुसार भिमबहादुर घरको एक मात्र सदस्यहुन् । गुमानबहादुरका ३ परिवार रहेका छन् । उनका  छोरा गरिवीका कारण वल्यअवस्थाबाट नै भारतको रोजगारीमा गए पनि  परिवारको सम्पर्कमा छैनन् । रामकली एकल महिला हुन् । उनका १ सन्तान जुन बाल्यबस्थामै छन् । ति सवै परिवारका सदस्य प्रायःसुस्त मनस्थितीका भएकोले सम्वन्धित निकायमा पुग्न नसकेको समाज सेवी खत्रीले बताए ।
उनका अनुसार  त्यहाँका अगुवा समाज सेवीहरुले चन्द संकलन गर्न थालेका छन । उनिहरुले देश विदेशमा रहेका नेपालीहरुलाई समेत सहयोगको अपिल गरेका छन् । त्यो परिवार घर बनाउन सक्ने अवस्थामा नभएकोले  त्यसका लागि सवैले सहयोग गर्नु पर्ने स्थानिय वासीको आग्राह छ । जंगल र भिरको विचमा ति तिन परिवारको मात्र घर थियो । यस्तो अवस्थाबारे जिल्लाको ध्यान पुग्न नसकेको स्थानियको गुनासो छ ।
यस सम्वन्धमा जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको ध्यानकृष्ट गराउँदा उनले  त्यस गाविस  र प्रहरी संग समन्व्य गरी सहयोग गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण