गृहपृष्ठ » सूचना प्रविधीसामसुङको साढे ७ हजार पर्ने स्मार्टफोन नेपाली बजारमा

सामसुङको साढे ७ हजार पर्ने स्मार्टफोन नेपाली बजारमा

August 6, 2015२८१ पटक

काठमाडौं, साउन १८ – सामसुङ इलेक्ट्रोनिक्सले नेपालमा पहिलो पटक टिजेन पावर्ड स्मार्टफोन सामसुङ जेड १ सार्वजनिक गरेको छ । यो स्मार्टफोन पहिलो पटक स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्ताले पनि सजिलै चलाउन सक्ने सामसुङ इलेक्ट्रोनिक्सले जनाएको छ ।

लामो समयसम्म टिक्ने ब्याट्री रहेको सामसुङ जेड १ मा विभिन्न एप्लिकेसनमा सजिलै पहुँच पुग्ने खालको रहेको कम्पनीले जनाएको छ । सामसुङको यो नयाँ स्मार्टफोन नेपालका स्मार्टफोन प्रयोगकर्ताहरुका लागि बढी उपयोगी हुने सामसुङ नेपाल इलेक्ट्रोनिक्सका एचएचपी बिजनेस विभाग प्रमुख प्रणय रत्न स्थापितले बताउनुभयो । यो स्माSamsung-Z1-163र्टफोनमा १.२ गिगाहर्जको डुअल कोरप्रोशेसर, ७ सय ६८ एमबीको र्‍याम तथा ४ जिबीको इन्टर्नल मेमोरी छ । यस्तै ६४ जिबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिने छ । दुई वटा सिम प्रयोग गर्न सकिने स्मार्टफोनको ब्याट्री लामो समयसम्म टिक्ने खालको छ ।

एकपटक पूर्ण चार्ज भएको ब्याट्रीबाट ७ घण्टासम्म भिडियो कल तथा ८ घण्टासम्म भ्वाइस कल गर्न सकिन्छ । ७ हजार ४ सय ९० रुपैयाँ मुल्य पर्ने सामसुङ जेड १ सेतो, कालो तथा रातो रंगमा उपलब्ध हुनेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण