गृहपृष्ठ » मुख्य समाचार, समचारगुल्मीका ४४ भुकम्प पिडीतले दोहोरा रकम लिएको खुलासा ।।

गुल्मीका ४४ भुकम्प पिडीतले दोहोरा रकम लिएको खुलासा ।।

September 16, 2015१५२ पटक

भदौ ३० गते ।।
गुल्मीका ४४ घरधुरी भुकम्प पिडितहरुले सरकारबाट दोहोरो  राहत रकमलिएको खुलासाभएको छ । वैशाख १२ गते गएको भुकम्पले घर भत्काएर पुर्ण क्षतिभएको भन्दै ४४ घरधुरीले क वर्गको दोहोरोपरिचयपत्रबनाएर सरकारी रकमलिएको  जिल्लाविपतव्यवसथापन समितिले खुलासा गरेको हो । समितिले दिएको विवरण अनुसार जिल्लामा  २ हजार ९ सय ११ घरधुरी पुर्ण क्षतिमा परेको भन्दै १५ हजारका  दरले नगद रकमलिएकाथिए । त्यस मध्ये ४४ घरधुरीबाट कुल ६ लाख ६० हजार रुपैयाँसमितिले फिर्ता समेत गरी सकेको जनाएको छ ।
जिल्लाको सवै भन्दा बढि नक्कली परिचयपत्रबनाएर सरकारी राहत रकमप्राप्तगर्नेगाविस रुरु रहेको छ  । त्यस गाविसका ८ घरधुरीले दोहोरो परिचयपत्र बनाएको समितिको विवरणले देखाएको छ । त्यस गाविसमावितरण भएको राहतरकममध्ये १ लाख २० हजार समितिले फिर्ता लिएको छ ।यस्तै रेसुङ्गानगरपालिमा ५ घरधुरीबाट ७५ हजार फिर्ता भएको छ । हाडहाडेमापनि ५ घरधुरीबाट ७५ हजार फिर्ता भएको छ ।
त्यस्तै ४५ हजारका दरले प्राप्त गरेको राहत रकम फिर्ता गर्ने गाविसहरुमा बडागाउँ,आपचौर,व्लिथुमदिब्रुङ्ग रहेका छन् ।हसरा गाविसबाट २ घरधुरीको ३० हजार फिर्ता भएको हो। थानापतिगाविस वाट २ घरधुरीले ३० हजार फिर्ता गरेको छ ।  यस्तै दरवारदेविस्थान,हस्तिचौर,भनभने ,भार्से ,फोक्सिड वासकटेरी,गौडाकोट र पिपलधारा  गाविसहरुवाट एक एक गरी ९ घरधुरीवाट १लाख ३५हजार रकमफिर्ता लिइएको समितिले जनाएको छ ।
समितिका अध्यक्षतथा प्रमुखजिल्लाअधिकारी चन्द्रप्रसाद गैरेले थप अनुगमन गरी वास्ताविकभुकम्प पिडिहरुको छानविन गरिने बताए । उनले राम्ररी अनुगमनगरिए नक्कलीभुकम्प पिडितहरु समेत फेला पर्न सक्ने  रउनिहरुलाई वितरण गरिएको राहत रकमजफतपनिजफतगरिने जानकारी दिए ।जिल्लामा सवै भन्दा बढि क्षतिभएको खड्गकोट गाविसमा समेत घर भत्केर विस्थापितभएकोले भन्दानभएकोले राहत रकमपाएको त्यस गाविसका समाज सेवी टिकाराम ढकालले गुनासो गरे । उनले भने–‘ घर भित्र वसेकाहरुले राहत रकमपाएका छन् तर घर बाहिर हुनेले पाएका  छैनन् त्यसको छानविन  गर्ने तर्फ सम्वन्धितनिकायको ध्यानकृष्ट गराई दिनु प¥यो ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण