गृहपृष्ठ » मुख्य समाचार, राजनीतितमलोपाका महामन्त्री सोनलविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता

तमलोपाका महामन्त्री सोनलविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता

September 16, 2015१२१ पटक

सार्वजनिक सवारी साधनमा आगजनी गरेको आरोपमा पक्राउ परेका तमलोपाका महामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंह विरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्दा दर्ता गराएको छ।

जिल्ला प्रशासन कार्यालय बारामा प्रहरीले बुधबार सोनल र सिंहविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गराउँदै थप अनुसन्धानका लागि १५ दिनको म्याद समेत थप गराएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए।

सोनल र सिंहलाई इलाका प्रहरी कार्यालय सिमरामै राखिएको छ। बाराको लिपनीमाल ९ चैनपुर मेनरोड अवस्थित आत्मा बाक्राको सौरभ ईन्टरप्राईजेजमा पार्किङ गरी राखिएको ट्रकमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले मंगलबार दुवै जनालाई पक्राउ गरेको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण