गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारराप्रपा नेपालले अन्तिम मतदानमा विपक्षमा मतदान गर्ने

राप्रपा नेपालले अन्तिम मतदानमा विपक्षमा मतदान गर्ने

September 16, 2015१८१ पटक

संविधानको विधेयकमाथिको अन्तिम मतदानमा राप्रपा नेपालले विपक्षमा मतदान गर्ने भएको छ। संविधानको परिर्माजित विधेयकका धारा तथा त्यसमाथि परेका संशोधन प्रस्ताव पारित गरिसकेपछि आजै साँझ हुने संविधानको अन्तिम विधेयकमाथिको मतविभाजनामा राप्रपा नेपालले विपक्षमा मतदान गर्ने निर्णय भएकेा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए।

‘हामीले संविधान निर्माणको प्रक्रियामा सहभागी भई त्यसलाई आलोचनात्मक समर्थन गर्ने निर्णय भएकोले आफ्नो फरक मत सहित विपक्षमा मतदान गर्छौ,’ गिरीले भने।

संविधानको मस्यौदामा रहेका बाँकी रहेका २१ वटा धारा पारित गरी अनुसूची र प्रस्तावनामाथि निर्णय भएपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वागले आजै साँझ पूर्ण विधेयकमाथि अन्तरिम संविधानको धारा ७० अनुसार मत विभाजन गर्नेछन्। अन्तरिम संविधान र नियमावलीको व्यवस्था अनुसार सभाध्यक्षले मतविभाजन गरेपछि विधेयक पारित हुन हाल कायम रहेको सदस्य संख्या ५९८ को दुई तिहाइ अर्थात ३९९ सयले पक्षमा मतदान गर्नुपर्ने छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण