असोज ३, ४ र ५ गते सार्वजनिक विदा दिने सरकारको तयारी
संविधानसभाले नयाँ संविधान घोषणा गर्ने मिति पारेर सरकारले असोज ३,४ र ५ गते सार्वजनिक विदा दिन तयारी गरेको छ।
संविधानसभाले सार्वजनिक विदाको प्रस्ताव गरेको छ। आगामी बस्ने मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गर्ने भएको छ।
स्रोतका अनुसार संविधान सभाले प्रस्ताव गरेको ३, ४ र ५ गतेलाई सरकारले सार्वजनिक विदा दिने तयारी गरिसकेको छ। निर्णय हुन मात्र बाँकी छ।
बुधबार बसेको संविधानसभाले नयाँ संविधानको सबै ३०८ धाराहरू पास गरिसकेको छ। असोज ३ गते ५ बजे राष्ट्रपतिले नेपालको नयाँ संविधान २०७२ जारी गर्ने कार्यक्रम तय भएको छ।