गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारजर्मनीले मध्यपूर्वमा कारबाही केन्द्रीत गर्ने

जर्मनीले मध्यपूर्वमा कारबाही केन्द्रीत गर्ने

September 16, 2015२९६ पटक

jarman flag
जर्मनी, ३० भदौ-जर्मनीले मध्यपूर्वमा पछिल्लो समय देखिएका बढ्दो मानव तस्करी नियन्त्रण गर्ने प्रयासस्वरुप नौसेना कारबाहीलाई थप विस्तार गर्ने भएको छ ।

जर्मनका चान्सलर एन्जेला मर्केलको संसदले बढ्दो मानव तस्करी नियन्त्रण गर्ने युरोपेली महासङ्घ (ईयू) को अभियानअन्तर्गत उक्त कारबाहीका लागि सहयोग पु¥याउने पहलस्वरुप थप जर्मन जलसेनालाई परिचालन गर्न लागेको हो ।

‘सरकारले बुधबार ईयू नेतृत्वको नौसेना परिचालनमा सहयोग पु¥याउन ९५० जलसेनालाई पठाउने निर्णय गरेको छ,’ चान्सलरका प्रवक्ता जर्ज स्ट्रेटरले बताए ।

नौसेनाले मानव तस्करविरुद्ध सशक्त रुपमा मध्यपूर्वमा अभियान चलाउने छ । रासस/एएफपी

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण