एसएलसी पुरकको परीक्षाफल आज
काठमाडौ, भदौ ३१ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसको लागि अहिले साढे ८ बजे बैठक डाकिएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिनुभयो ।
२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण भएका परीक्षार्थीले गएको साउनमा पुरक परीक्षा दिएका थिए । कुल एक लाख २४ हजार २ सय ५१ परीक्षार्थी सहभागी परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४ सय ७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७ सय ७७ जना छन् ।