साउदी कूटनीतिज्ञले भारत छाडे
३१ भदौ, काठमाडौं । भारतको गुडगाउँसिथत निवासमा नेपालका २ युवतीलाई बलात्कार गरेको आरोप लागेका साउदी अरेबियाका कूटनीतिज्ञ मजिद असुरले बुधबार भारत छाडेका छन् ।
नयाँदिल्ली स्थित साउदी अरेबियन दूतावासका प्रथम सचिव असुरले भातर छाडेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपलाई उदृत गर्दै पीटीआईले जनाएको अन्नपूर्ण पोस्टमा खबर छ ।
‘नेपाली युवतीलार्इ बलात्कार गरेको अारोप लागेका साउदी कूटनीतिज्ञ असुरले भारत छाडिसकेको जानकारी पाएका छाैं,’ स्वरूपले भनेका छन् ।
केही संचारमाध्यमले उनलाई भारतले देश निकाला गरेको हुन सक्ने दाबी गरेका छन् ।